पारिवारिक विवादसम्बन्धी मुद्दामात्रै हेर्न सर्वोच्चमा स्थापना भयो छुट्टै इजलास

काठमाडाैं | असोज २२, २०८०

पारिवारिक विवादसम्बन्धी मुद्दामात्रै हेर्न सर्वोच्चमा स्थापना भयो छुट्टै इजलास

सर्वोच्च अदालतमा पारिवारिक विवाद सम्बन्धी मुद्दामा सुनुवाइ गर्न छुट्टै इजलास गठन भएको छ।

 

सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्ने इजलासको शुभारम्भ गरेका हुन्। प्रधान न्यायाधीशले आफ्नो संसदीय सुनुवाईको क्रममा अदालतमा पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्न छुट्टै इजलासको व्यवस्था गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए।

 

सोही कार्ययोजना अनुसार सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिको निर्णयबाट आजदेखि  त्यस्ता मुद्दाहरूको मात्रै सुनुवाइ गर्न २ वटा छुट्टै इजलास सुरू गरिएको हो। परिवारिक इजलासबाट हाललाई महिला वादी भएका लगाउ नभएका अंश, नाता कायम, घरेलु हिंसा र बालवालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाह लगायत बालवालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरुको सुनुवाई हुने बताइएको छ।

 

इजलासको आरम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना अनुसार पारिवारिक इजलास स्थापना हँदा खुशी मिलेको बताए।


उनले महिला वादी भएका मुद्दा, अंशमुद्दा, नाता कायम, घरेलु हिंसा र बालबालिकासम्बन्धी मुद्दालाई चाँडै टुंग्याउन इजलास स्थापना गरिएको बताए। ‘अब महिलाहरूका लागि छिटोछरितो र भरोसा गर्न सक्ने न्याय हुनेछ भन्नेमा विश्वस्त छु,’ उनले भने साथै सो इजलासमा काम गर्ने जोसुकै न्यायाधीशले यसको उद्धेश्य बुझेर काम गर्न आग्रह गरेका छन्। काठमाडौं  उपत्यकामा अरु जिल्लामा पनि पारिवारिक इजलास स्थापना गर्ने लक्ष भएको पनि उनले बताए।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्